आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

स्थानीय तहका जनप्रतिनिधिको गुनासो–‘गाउँ–गाउँमा सिंहदरबार’ भनियो तर नियम–कानुन काठमाडौँमै केन्द्रित

सुर्खेत । ‘गाउँ–गाउँमा सिंहदरबार’ पठाएर नियम र कानुन काठमाडौँको ‘सिंहदरबार’मा राख्ने यो कस्तो संघीयता हो ?’ आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित गाउँपालिका महासंघको कार्यक्रममा सल्यानको कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीले आक्रोशित हुँदै प्रश्न गरे